पात्रो

रेडियो

समाचार खोजी

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गकाे उद्घाटन सोमबार गरिने

साझा अर्थ संवाददाता १० साउन २०८३, आइतवार

काठमाडौँ,१० साउनः नागढुङ्गा–सिस्नेखोला सुरुङमागको उद्घाटन सोमबार गरिने भएको छ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ सो दिन औपचारिक रूपमा उद्घाटन गरिने भएको हो । 
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको सडक विभागले जनाएको छ ।
विभागका अनुसार मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ । सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा भने कुल सुरुङ लम्बाइ करिब ५.५ किलोमिटर पुग्छ । जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले वि.सं. २०७६ देखि यस आयोजनाको निर्माण सुरु गरेको थियो ।
सुरुङमार्ग सञ्चान पछी सवारी जाममा उल्लेख्य कमी ल्याउने अपेक्षा गरिएको छ । आधुनिक सुरक्षा प्रणालीले सुसज्जित यस सुरुङमार्गमा भेन्टिलेसन, आगो निभाउने उपकरण तथा आपत्कालीन सञ्चार सुविधाहरू उपलब्ध छन् ।

24 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु