पात्रो

रेडियो

समाचार खोजी

गुमुखोला साना जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा

साझा अर्थ संवाददाता १ साउन २०८३, शुक्रवार

दोलखा, १ श्रावणः  दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर चार गुमुखोलामा निर्माणाधीन गुमुखोला साना जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । ९९० किलोवाट क्षमताकाको सो आयोजनाको का म अनितम चारणमा पुगेका हो । 
अहिले काम पूरा गरी विद्युत् गृहमा रहेका उपकरणको सुख्खा परीक्षण सुरु भएको प्रवर्धक कम्पनी गुमुखोला भ्याकुरे हाइड्रोपावर प्रालिले जानकारी दिएको छ । आयोजनाको यसअघि झमार्सी गाईघाटमा निर्माणको हेडवक्सको बाँध, इन्टेकलगायतका संरचनाको परीक्षण भइसकेको छ ।
आयोजनाको सिभिल, मेकानिकलको काम पूरा भएपछि अहिले ड्राई परीक्षण भइरहेकाले केही दिनमै पानी हालेर सबै संरचनाको परीक्षण गर्ने बताइएको छ ।  परीक्षणका क्रममा कुनै समस्या नदेखिए आगामी साउन महिनाभित्रै विद्युत् उत्पादन गर्ने कम्पनीको योजना रहेको छ । 
आयोजनाको गाईघाटमा रहेको बाँधदेखि कुभिण्डेमा रहेको विद्युत् गृहसम्म २ हजार मिटर पेनस्टक पाइप जडान भएको छ । उत्पादित विद्युत ४ किलोमिटर टाढा रहेको नेपाल विद्युत् प्राधिकरणको सिंगटी सब स्टेसनमा जोडिन्छ । विद्युत् प्रसारणका लागि ३३ केभी प्रसारण लाइनको काम पनि पूरा भएको आयोजनाको भनाई छ ।

92 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु