पात्रो

रेडियो

समाचार खोजी

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

साझा अर्थ संवाददाता २६ असार २०८३, शुक्रवार
समाचार सारांश
  • मुगुमा ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ, जसलाई एलिभेट इनर्जीले निर्माण गर्नेछ।
  • हाल उत्पादन अनुमतिपत्र र वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको छ।
  • यो आयोजना सन् २०३३ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ, जसको अनुमानित लागत रु ५५ अर्ब ३३ करोड छ।
This summary was generated by AI and has been editorially reviewed.

सुर्खेत, २६ असारः मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ। अर्धजलाशय (सेमी–रिजर्भोयर) प्रकृतिको उक्त आयोजना एलिभेट इनर्जीले निर्माण गर्न लागेको हो।

कम्पनीले २०७७ सालमै आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो भने अहिले उत्पादन अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको छ। यससँगै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन र सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न सार्वजनिक सूचना प्रकाशन गरिएको छ।

आयोजनाबाट वार्षिक औसत एक हजार ६२९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन अर्यालका अनुसार सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन प्राप्त भएपछि आयोजनाको वास्तविक उत्पादन क्षमता अन्तिम रूपमा निर्धारण हुनेछ।

कम्पनीका अनुसार आयोजनास्थलमा आवश्यक प्रारम्भिक काम सम्पन्न भइसकेको छ। आयोजनाको डिजाइन तथा हेडवर्क्ससम्बन्धी अध्ययन हाल हाइड्रोल्याबमार्फत भइरहेको छ। विद्युत्गृहमा चारवटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन तथा जेनेरेटर जडान गरिने योजना रहेको छ।

उत्पादित विद्युत् ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेशनमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। कम्पनीले सन् २०३३ को अगस्टसम्म आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको जनाएको छ।

विद्युत् विकास विभागले वातावरणीय प्रभाव मूल्याङ्कन र सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक सूचना जारी गरेको छ। आयोजनाको अनुमानित कुल लागत रु ५५ अर्ब ३३ करोड रहने जनाइएको छ।

38 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु