पात्रो

रेडियो

समाचार खोजी

अर्थमन्त्री वाग्लेद्वारा गैरआवासीय नेपालीहरूलाई स्वदेशमा लगानी गर्न आह्वान

साझा अर्थ संवाददाता १० साउन २०८३, आइतवार

काठमाडौँ, १० साउन: 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरूलाई आफ्नो जन्मभूमिमा लगानी गरी देशको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन आग्रह गरेका छन्। अष्ट्रेलियामा रहेका युवा नेपाली उद्यमीहरूसँग शनिबार आयोजित एक भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो आह्वान गरेका हुन्।

सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा प्रवर्द्धन गरिएको “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने अवधारणालाई आत्मसात गर्दै विदेशमा रहेका युवाहरूलाई देशको अर्थतन्त्रसँग जोडिन उनले विशेष जोड दिए। अर्थमन्त्रीको निजी सचिवालयका अनुसार विदेशमा रहेका नेपालीहरूले पुँजी लगानी, विशेषज्ञता, सहयोग र विभिन्न प्रविधिमार्फत नेपालको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै उनले डायस्पोरालाई देशका सद्भावना राजदूतको रूपमा समेत चित्रण गरे।

वर्तमान सरकारले आर्थिक गतिविधीहरूलाई तीव्रता दिन तथा लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्न कर तथा राजस्व सुधारका साथै उद्योगमैत्री नीतिहरू अगाडि बढाएको मन्त्री वाग्लेले स्पष्ट पारे। नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि प्रतिफल फिर्ता लैजान सहज तथा सरल संयन्त्रहरूको व्यवस्था गरिएको बताउँदै उनले गैरआवासीय नेपाली (NRN) बन्ड, अफशोर बन्ड र वैकल्पिक वित्तीय परिचालनजस्ता रूपान्तरणकारी योजनाहरू अघि सारिएको जानकारी दिए।

69 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु