पात्रो

रेडियो

समाचार खोजी

मन्जुश्री फाइनान्सद्वारा एनएफआरएस ९ कार्यान्वयनका लागि सिलबन्दी दरभाउपत्र आह्वान

साझा अर्थ संवाददाता १० साउन २०८३, आइतवार

काठमाडौँ, १० साउन: मन्जुश्री फाइनान्स लिमिटेडले नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन तथा परामर्श सेवाका लागि योग्य तथा अनुभवी फर्महरूबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ। वित्तीय विवरणहरूलाई अन्तर्राष्ट्रिय लेखा मान अनुसार थप व्यवस्थित, पारदर्शी र नियमनकारी निकायको निर्देशनअनुरूप बनाउन फाइनान्सले यो प्रक्रिया अगाडि बढाएको हो।
संस्थाले जारी गरेको सूचनाअनुसार लेखापरीक्षण, वित्तीय परामर्श वा सम्बन्धित क्षेत्रमा विशेष दक्खलता र तोकिएको योग्यता पुगेका प्रतिष्ठित फर्म तथा संस्थाहरूले यस प्रक्रियामा सहभागिता जनाउन सक्नेछन्। एनएफआरएस ९ को पूर्ण पालना र यसको प्रभावकारी कार्यान्वयनले संस्थाको जोमिख व्यवस्थापन तथा वित्तीय सुशासनलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
इच्छुक तथा योग्य फर्महरूले निर्धारित सर्त र कागजातसहित तोकिएको मिति र समयभित्र मन्जुश्री फाइनान्सको केन्द्रीय कार्यालयमा आफ्नो सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ। यससम्बन्धी विस्तृत विवरण, सर्त तथा कार्यक्षेत्र (ToR) फाइनान्सको आधिकारिक वेबसाइट वा केन्द्रीय कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

52 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु