पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्यमा सामान्य वृद्धि

साझा अर्थ संवाददाता १० साउन २०८३, आइतवार

काठमाडौँ, १० साउन: नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर २ लाख ८७ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि गत कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार ६०० रुपैयाँले नै उकालो लागेको छ। महासंघले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ४०० रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ रहेको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि देखिएको छ।

आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ४१० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बजारमा चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। अन्तराष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनसँगै स्थानीय बजारमा बहुमूल्य धातुको मूल्यमा यो फेरबदल आएको हो।

65 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु