पात्रो

रेडियो

समाचार खोजी

बैंक शुल्कमा राष्ट्र बैंकको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

राष्ट्र बैंकले बैंकहरूलाई आफ्ना ग्राहकसँग लिइने जुनसुकै सेवा शुल्कका बारेमा पूर्ण जानकारी गराउन र विवरण वेबसाइटमा राख्न निर्देशन दिएको छ।

साझा अर्थ संवाददाता २३ असार २०८३, मङ्गलवार

काठमाडौँ, २३ असार: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकबाट लिने सेवा शुल्क, बैंक खाता खोल्ने तथा बन्द गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। केन्द्रीय बैंकको नयाँ निर्देशिकाअनुसार अब बैंकहरूले ग्राहकको बचत खाता खोल्दा कुनै पनि प्रकारको शुल्क लिन पाउने छैनन्। यसैगरी, खाता खोलेको ६ महिनाभन्दा बढी समय भइसकेको अवस्थामा ग्राहकले उक्त खाता बन्द गर्न चाहेमा बैंकहरूले कुनै पनि प्रकारको शुल्क लिन नपाउने व्यवस्थालाई अनिवार्य गरिएको छ।

यसका साथै, वित्तीय कार्डहरूका लागि सुरुमा लिइने सेवा शुल्कबाहेक, कार्डको अवधि समाप्त नभएसम्म बैंकहरूले बीचमा कुनै पनि किसिमको नवीकरण शुल्क लिन पाउने छैनन्। राष्ट्र बैंकले बैंकहरूलाई आफ्ना ग्राहकसँग लिइने जुनसुकै सेवा शुल्कका बारेमा पूर्ण जानकारी गराउन र विवरण वेबसाइटमा राख्न निर्देशन दिएको छ। निर्देशन विपरीत ग्राहकबाट जथाभाबी शुल्क असुल गरेमा ती संस्थाहरूलाई कडा वित्तीय जरिवानासहित प्रशासनिक कारबाही गरिने चेतावनी राष्ट्र बैंकले दिएको छ।

13 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु