पात्रो

रेडियो

समाचार खोजी

पर्यटन प्रवर्धन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

साझा अर्थ संवाददाता १८ असार २०८३, बिहिवार

काठमाडौँ, १८ असार : टे्रकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) र दक्षिण कोरियाको प्रविधिसम्बन्धी कम्पनी आइबिएल कम्पनी लिमिटेडका बीच पर्यटन प्रवद्र्धन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर   छ ।   एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी एआई मा आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणालीको माध्यमबाट पदयात्रा तथा पर्वतीय पर्यटनलाई पूर्वानुमान योग्य, जोखिम मुक्त र थप सुरक्षित बनाउने उद्देश्यले विहिवार सो समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।   
समझदारीपत्रमा सङ्घका तर्फबाट महासचिव सोनाम ग्याल्जेन शेर्पा र कोरियाली प्रतिनिधिमण्डलका तर्फबाट आइबिएलका प्रमुख कार्यकारी अधिकृत सु डो किमले हस्ताक्षर गर्नुभएको थियो ।     
टानले आइबिजेड तथा सम्बद्ध कोरियन संस्थाहरुसँगको सहकार्यमा स्मार्ट सफ्टवेयर प्रविधिको प्रयोगका माध्यमबाट पदयात्रामा जाने पदयात्री, पथपर्दशक तथा सहयोगी श्रमिकहरुको जोखिम पूर्वानुमान, ‘रिएल टाइम लोकेशन’ पहिचान तथा उद्धार कार्यलाई सहज बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, गन्तव्य क्षेत्रका स्थानीय सरकारलगायतका सरकारी निकायहरु, निजी क्षेत्र, अनुसन्धान निकायहरु र व्यवसायीहरुसँग समन्वय गरी कुनै एउटा पदयात्रा मार्गमा परीक्षणका रुपमा ट्रयाकिङ प्रविधि जडान गरिने समझदारीपत्र मा उल्लेख छ ।     
हस्ताक्षर कार्यक्रममा आइबिएल कम्पनी लिमिटेड उपाध्यक्ष डा. जेम्स पार्क, क्यूङसङ विश्वविद्यालयका इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागका अध्यक्ष प्राध्यापक डा. पार्क जङ सिक, कोरिया डिजास्टर एण्ड सेफ्टी इन्डस्ट्रीयल टेक्नोलोजी रिसर्च एशोसिएशनका बोर्ड अध्यक्ष नोह ही जङ, कोरिया एशोसिएशन इन नेपालका अध्यक्ष चा सेङवोनलगायतका सदस्यहरुलगायतको उपस्थिति थियो ।

60 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु