पात्रो

रेडियो

समाचार खोजी

युनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा असार ३१ गते

साझा अर्थ संवाददाता २२ असार २०८३, सोमवार

काठमाडौँ, २२ असार: युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो ३२औँ वार्षिक साधारण सभा आगामी असार ३१ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान साढे १० बजे आह्वान गरेको छ। कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको निर्णयानुसार यस सभामा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई ४.२८५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २२५६ प्रतिशत नगद गरी कुल ४.५११३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

वार्षिक साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असार १९ गते नै आफ्नो शेयरधनी दर्ता किताब बन्द गरिसकेको छ। यसअनुसार असार १८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम रहेका शेयरधनीहरू मात्र यो लाभांश पाउन योग्य मानिनेछन्। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने भएकाले सोहीबमोजिम प्रबन्धपत्र संशोधन गरिनेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन समेत अनुमोदन गर्नेछ।

10 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु