पात्रो

रेडियो

समाचार खोजी

कुमारी बैंकले धितोमा रहेका सम्पत्ति पुनः लिलामीमा राख्यो, ७ दिनभित्र बोलपत्र दिन सकिने

कुमारी बैंकले धितो सम्पत्ति पुनः लिलामीमा राख्यो, असार २८ सम्म बोलपत्र दिन सकिने

साझा अर्थ संवाददाता २२ असार २०८३, सोमवार
समाचार सारांश
  • कुमारी बैंकले ऋणीले कर्जा चुक्ता नगरेपछि धितोमा रहेका घरजग्गा तथा सवारीसाधनलगायतका सम्पत्ति पुनः लिलामीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ।
  • इच्छुक व्यक्ति वा संस्थाले असार २८ गतेसम्म बोलपत्र बुझाउन सक्नेछन्, जसलाई असार २९ गते दिउँसो ३ बजे खोलिनेछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, असार २२ गते।
कुमारी बैंक लिमिटेडले ऋणीहरूले लिएको कर्जा समयमै चुक्ता नगरेपछि धितोमा रहेका सम्पत्ति पुनः लिलामी बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ।

बैंकले सार्वजनिक सूचना जारी गर्दै कर्जा तिर्न पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि ऋणीले साँवा, ब्याज, पेनाल ब्याज तथा अन्य दस्तुर भुक्तानी नगरेपछि धितो सम्पत्ति लिलामी प्रक्रियामा लैजानुपरेको जनाएको छ।

सूचनाअनुसार बैंकले विभिन्न ऋणीसँग सम्बन्धित घरजग्गा तथा सवारीसाधनलगायत धितो सम्पत्ति बिक्रीका लागि ७ दिने गोप्य शिलबन्दी बोलपत्र माग गरेको हो। बैंकले यसअघि पनि लिलामीसम्बन्धी सूचना प्रकाशित गरेको भए पनि बिक्री हुन नसकेका सम्पत्ति पुनः लिलामीमा राखिएको उल्लेख गरेको छ।

इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् असार २८ गतेसम्म बैंकको सम्बन्धित शाखा वा कर्जा असुली विभाग, बानेश्वर, काठमाडौँमा कार्यालय समयभित्र बोलपत्र बुझाउन सक्नेछन्।

बोलपत्र फारम सम्बन्धित शाखा वा कर्जा असुली विभागबाट रु. ५०० तिरी लिन सकिने बैंकले जनाएको छ। बोलपत्रदाताले आफूले सकार गर्न चाहेको सम्पत्ति र रकम स्पष्ट उल्लेख गरी कबोल रकमको १० प्रतिशत धरौटी जम्मा गर्नुपर्नेछ।

बैंकका अनुसार प्राप्त बोलपत्रहरू असार २९ गते सोमबार अपराह्न ३ बजे खोलिनेछ। बोलपत्र स्वीकृत भएमा सम्बन्धित बोलपत्रदाताले सूचना पाएको १५ दिनभित्र बाँकी रकम बैंकमा जम्मा गर्नुपर्नेछ। तोकिएको अवधिमा रकम जम्मा नगरे धरौटी रकम जफत हुने बैंकले जनाएको छ।

लिलाम बिक्री गर्दा लाग्ने कर, शुल्क, दस्तुर तथा नामसारीसम्बन्धी सम्पूर्ण खर्च भने सम्पत्ति सकार गर्ने पक्षले नै व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ। बैंकले प्राप्त बोलपत्र स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार आफूमा सुरक्षित रहेको पनि जनाएको छ।

112 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु