काठमाडौँ, २३ असार: साताको दोस्रो कारोबार दिन आज असार २३ गते मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ। नेप्से सूचक आज २४.५७ अंक अर्थात् ०.९३ प्रतिशतले बढेर २६५१.६८ को विन्दुमा बन्द भएको छ।
परिसूचक सकारात्मक दिशातर्फ लाग्दा बजारमा कारोबार रकम (टर्नओभर) ले पनि राम्रो साथ दिएको छ। आज दिनभर कुल ९५ लाख १९ हजार ४५२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ।
लामो समयको संकुचनपछि सूचक र टर्नओभर दुवैमा एकैसाथ वृद्धि हुनुले बजारले तल्लो विन्दुमा दह्रो टेको पाएको र लगानीकर्ताहरू आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पर्खाइमा थप सकारात्मक बनेको संकेत गर्दछ।