पात्रो

रेडियो

समाचार खोजी

डीडीसीको व्यवसाय ५० प्रतिशतले बढ्यो

संस्थानले खाडी मुलुकहरूमा वार्षिक न्यूनतम ५० मेट्रिक टन घिउ निर्यात गर्न ५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सम्झौताको मस्यौदा समेत तयार गरिसकेको छ।

साझा अर्थ संवाददाता २३ असार २०८३, मङ्गलवार

काठमाडौँ, २३ असार: दुग्ध विकास संस्थान (डीडीसी) को दुग्धजन्य पदार्थको बिक्रीदर अघिल्लो राष्ट्रिय औसतको तुलनामा ५० प्रतिशतले वृद्धि भएको छ। कृषि विकास मन्त्रालयले सरकारको सय दिने उपलब्धि प्रतिवेदन सार्वजनिक गर्दै व्यवसायमा भएको यस सुधारका कारण विगत दुई महिनामा मात्रै दुग्ध उत्पादक किसानहरूलाई ३५ करोड रुपैयाँ भुक्तानी गरिएको जनाएको छ। गत वैशाख मध्यसम्म किसानहरूलाई तिर्न बाँकी बक्यौता ६८ करोड रुपैयाँ रहेकामा अहिले त्यो घटेर ४५ करोड रुपैयाँमा झरेको छ। यसका साथै संस्थानले खाडी मुलुकहरूमा वार्षिक न्यूनतम ५० मेट्रिक टन घिउ निर्यात गर्न ५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सम्झौताको मस्यौदा समेत तयार गरिसकेको छ।

संस्थानले चिजको उत्पादन दोब्बर बनाउने लक्ष्यका साथ कोशी प्रदेशको पशुपतिनगरमा नयाँ चिज उत्पादन केन्द्र स्थापना गर्ने योजना अघि बढाएको छ। सरकारी प्रतिवेदनअनुसार आगामी साउन १ गतेदेखि नगरकोटमा पनिर र चिजको व्यावसायिक उत्पादन सुरु हुनेछ। बजारीकरणलाई तीव्र बनाउन निजी क्षेत्रसँगको साझेदारीमा साउन १ गतेदेखि नै काठमाडौँ उपत्यकाका कम्तीमा १५ स्थानमा विशेष बिक्री कक्षहरू सञ्चालन गर्ने तयारी भइरहेको छ। डीडीसीका उत्पादनहरूलाई प्रविधिको माध्यमबाट आम उपभोक्तामाझ सहजै पुर्‍याउनका लागि अनलाइन प्रणालीमार्फत बिक्री वितरण गर्ने प्रक्रिया समेत अन्तिम चरणमा पुगेको मन्त्रालयले प्रष्ट पारेको छ।

15 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्