पात्रो

रेडियो

समाचार खोजी

नेकपा एमाले दोलखा भन्छः  फेरी पनि अध्यक्ष ओली नै हो

साझा अर्थ संवाददाता २३ कार्तिक २०८२, आइतवार

दोलखाः नेकपा  एमाले दोलखाले पार्टीको अध्यक्ष पूनः केपी शर्मा ओलीनै हुनुपर्ने निर्णय गरेको छ । जिल्ला कमिटीको नवौं पूर्ण बैठकले ओलीले नै पार्टीको नेतृत्व गर्नुपर्ने निर्णय गरेको हो ।

साथै बैठकले प्रतिशोधको भावनाले सरकारले ओलीलाई स्थान हद गर्ने, बयान लिने, पक्राउ गर्ने, हिड्डुल र राजनीतिक गतिबिधिमा अवरोध गर्ने तयारी गरेकोमा आपत्ति प्रकट गर्दै त्यसको प्रतिरोध गर्ने निर्णय समेत गरेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले दोलखाले सो निर्णय सार्वजनिक गरेको हो ।

बैठकले ओली अध्यक्षमा रहिरहनु पर्छ भन्ने निर्णय गर्दै भनेको छ– ’नेकपा एमालेको अभिभावकको रुपमा रहेको राष्ट्रवादी नेता केपी शर्मा ओली नै वर्तमान नेपालको राजनीतिक नेतृत्वमा र पार्टीको अध्यक्षमा रहिरहनुपर्ने अपरिहार्यता रहेको बैठकले ठहर गरेको छ ।’

साथै बैठकले विगतमा एमालेमा रहेर योगदान गरेका नेता कार्यकर्तालाई गर फर्किन पनि आव्हान गरेको छ ।

490 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्