पात्रो

रेडियो

समाचार खोजी

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा दुई लाखभन्दा बढी अनलाइन जुवाका एप र वेबसाइट बन्द

साझा अर्थ संवाददाता ८ साउन २०८३, शुक्रवार

काठमाडौँ, ८ साउन: नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले मुलुकमा अवैध रूपमा सञ्चालन हुँदै आएका अनलाइन बेटिङ (जुवा) तथा वित्तीय अनियमिततासँग जोडिएका दुई लाख २३ हजारभन्दा बढी वेबसाइट तथा एपहरूमाथि प्रतिबन्ध लगाएको छ। सरकारले गत चैत २७ गते जारी गरेको सुशासन सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अन्तर्गत ४२ औँ बुँदाको निर्देशन पालना गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आदेशपछि प्राधिकरणले यो कडा कदम चालेको हो।

विशेषगरी हालै सुरु भएको फिफा विश्वकपको समयमा अनलाइन जुवाका प्लेटफर्महरूमार्फत अवैध रकम बाहिरिने र ठगी मौलाउने जोखिम बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसमा विशेष निगरानी राख्दै आएको थियो। सोही क्रममा प्राधिकरणले एक विशेष कार्यदल गठन गरी इन्टरनेट सेवा प्रदायक (ISPs) हरूसँगको सहकार्यमा नयाँ नाम र रूपमा खुल्दै आएका अनलाइन बेटिङका दुई लाख २३ हजार ५६८ वटा युआरएल र एपहरूमाथि रोक लगाएको जनाएको छ।

प्राधिकरणका इन्जिनियर तथा सहायक निर्देशक ओम प्रकाश महतोका अनुसार अवैध वेबसाइटहरूको सङ्ख्या अत्यधिक रहेकाले सबैलाई एकसाथ व्यक्तिगत रूपमा पहिचान गर्न कठिन भए तापनि आधिकारिक निकायहरूको समन्वयमा ISPs मार्फत तिनलाई ब्लक गर्ने कार्य तिब्र पारिएको छ। सरकारको यस कठोर कदमले डिजिटल माध्यमबाट हुने अवैध वित्तीय कारोबार, ठगी र जुवाजस्ता सामाजिक विकृतिहरूलाई नियन्त्रण गर्न ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ।

5 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु