पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्री बालेन्द्र शाह र प्रमुख निर्यातमुखी उद्योगीबीच आज महत्वपूर्ण छलफल हुँदै

साझा अर्थ संवाददाता ८ साउन २०८३, शुक्रवार

काठमाडौँ, ८ साउन: प्रधानमन्त्री बालेन्द्र शाहले आज देशका प्रमुख निर्यातमुखी उद्योग तथा व्यवसायीहरूसँग महत्वपूर्ण भेटघाट तथा छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे तय भएको यस बैठकमा नेपालको निर्यात व्यापारलाई प्रोत्साहन गर्ने, नीतिगत सुधार ल्याउने र निर्यातमुखी उद्योगहरूले भोगिरहेका समस्याहरूको समाधान खोज्ने विषयमा केन्द्रित रहेर छलफल हुनेछ।

आजको यस उच्चस्तरीय बैठमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने, गलैंचा तथा प्लाइउड निर्यातक देवानन्द सरावगी र नेपाल डग च्यु उत्पादक संघका अध्यक्ष रेशमबहादुर पोखरेललगायतका प्रतिनिधिहरूको सहभागिता रहनेछ। उनीहरूले आ-आफ्नो क्षेत्रका उद्योगले भोगिरहेका व्यावहारिक कठिनाइ र निर्यात प्रवर्द्धनका सम्भावनाबारे प्रधानमन्त्रीसमक्ष आफ्ना धारणा राख्नेछन्।

हालैका साताहरूमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रका उद्योगी, व्यावसायिक नेतृत्व र सरोकारवालाहरूसँग नियमित रूपमा संवाद तथा छलफललाई तिब्रता दिँदै आएका छन्। सरकारको यस किसिमको निरन्तरको संलग्नता र चासोले व्यावसायिक समुदायमा मनोबल बढाउनुका साथै निजी क्षेत्र र राज्यबीचको सहकार्यलाई अझ मजबुत बनाउन सकारात्मक सहयोग पुगेको व्यवसायीहरूले बताएका छन्।

4 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु