पात्रो

रेडियो

समाचार खोजी

नेपाली काँग्रेसद्वारा ‘एनसी फर एनसी’ अभियानको घोषणा

साझा अर्थ संवाददाता ८ साउन २०८३, शुक्रवार

काठमाडौँ, ८ साउन : नेपाली काँग्रेसले ‘एनसी फर एनसी’ अभियानको घोषणा गरेको छ। पार्टिले बिहिवार साे घाेषणा गरेकाे हाे । 

४४औँ वीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा पार्टीका सभापति गगनकुमार थापाले अभियान सार्वजनिक गर्दै ‘एनसी फर एनसी’ को पूर्ण रूप ‘नेपाली काँग्रेस फर नेसनल कज’ रहेको बताउनुभयो।

उहाँले अभियान पार्टीको आन्तरिक गतिविधिमा मात्र सीमित नरही नागरिकको हित, सुशासन, लोकतान्त्रिक मूल्य–मान्यता र बृहत्तर राष्ट्रिय स्वार्थ प्रवर्द्धनमा केन्द्रित रहने स्पष्ट पार्नुभयो। अभियानमार्फत राष्ट्रिय मुद्दामा पार्टीको सक्रिय भूमिका, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा जनचासोका विषयमा प्रभावकारी सहभागिता बढाइने उहाँको भनाइ थियो।

सभापति थापाले नेपाली काँग्रेसले लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने उल्लेख गर्नुभयो।

50 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु