पात्रो

रेडियो

समाचार खोजी

सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा खुला रहने

साझा अर्थ संवाददाता २६ असार २०८३, शुक्रवार

काठमाडौँ, २६ असार: नेपाल राष्ट्र बैंकले विभिन्न सार्वजनिक बिदाका दिनहरूमा पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै सर्वसाधारण तथा वित्तीय संस्थाहरूको सहजताका लागि यस्तो व्यवस्था गरिएको जनाएको हो।

केन्द्रीय बैंकका अनुसार सरकारले आकस्मिक रूपमा घोषणा गर्ने सार्वजनिक बिदा तथा कतिपय निर्धारित बिदाका दिनहरूमा समेत ठूलो रकमको तत्काल भुक्तानी सुनिश्चित गर्न यो सेवा सुचारु राखिनेछ। आरटीजीएस प्रणाली मार्फत ग्राहकहरूले एक बैंकबाट अर्को बैंकमा साढे दुई लाख रुपैयाँभन्दा माथिको रकम भुक्तानी तथा फछ्र्यौट तत्कालै गर्न सक्नेछन्।

बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तरबैंक कारोबार र ठूला व्यावसायिक भुक्तानीहरूलाई पर्व तथा बिदाका समयमा पनि नरोक्न यो कदम चालिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ। तोकिएका बिदाका दिनहरूमा आरटीजीएस सेवा कति बजेदेखि कति बजेसम्म सञ्चालन हुने भन्ने विस्तृत समयतालिका राष्ट्र बैंकले आफ्नो सूचनामा उल्लेख गरेको छ। यस व्यवस्थाले मुलुकको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ र भरपर्दो बनाउने तथा आर्थिक गतिविधिमा गतिशीलता ल्याउने विश्वास लिइएको छ।

29 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु