पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य तोलामा २७०० रुपैयाँले बढ्यो

साझा अर्थ संवाददाता २६ असार २०८३, शुक्रवार

काठमाडौं, २६ असार: नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार ७ सय रुपैयाँले नै बढेर २ लाख ८६ हजार ७ सय रुपैयाँ पुगेको छ। बिहीबार तेजाबी सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदीको मूल्य प्रतितोला १७० रुपैयाँले बढेर ४ हजार ५ सय १० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

60 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु