काठमाडौँ, २५ असार: प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री प्रक्रिया सुरु गरेको छ। बैंकका बहालवाला संस्थापक शेयरधनीहरूले आफ्नो शेयर बिक्री गर्न निवेदन दिएकाले केन्द्रीय बैंकको नियम अनुसार पहिलो चरणमा विद्यमान संस्थापकहरूलाई मात्र खरिदको अवसर दिइएको हो।
इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनुपर्नेछ। आवेदकले लिन चाहेको शेयर सङ्ख्या र मूल्य स्पष्ट खुलाई काठमाडौँको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालय (कम्पनी सचिवको कार्यालय) मा रीतपूर्वक आवेदन बुझाउनुपर्नेछ।
तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा यो शेयर सर्वसाधारण तथा अन्य बाह्य लगानीकर्ताका लागि बिक्री खुल्ला गरिने बैंकले जनाएको छ। शेयर सङ्ख्या र न्यूनतम मूल्य सम्बन्धी विस्तृत विवरण बैंकको कम्पनी सचिवको कार्यालयबाट प्राप्त गर्न सकिनेछ।