पात्रो

रेडियो

समाचार खोजी

मर्जर रोक्का: पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर रोक्का

साझा अर्थ संवाददाता २५ असार २०८३, बिहिवार

 

काठमाडौँ, २५ असार: नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ। दुवै कम्पनीहरूबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै नेप्सेले असार २६, २०८३ देखि लागू हुने गरी सेयर कारोबार स्थगन गरेको हो।

दुवै वित्तीय संस्थाबाट प्राप्त आधिकारिक जानकारी अनुसार, मर्जर पश्चात् एकीकृत संस्थाको सम्पूर्ण व्यवस्थापन र वित्तीय कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट सञ्चालन हुनेछ। दुई संस्थाको एकीकृत प्रणाली र सेवाहरू सोही मितिदेखि संयुक्त रूपमा सुरु गरिनेछ।

संगठित संस्था मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ मा भएको कानुनी व्यवस्था र नियम अनुसार नेप्सेले यो कारोबार रोक्का गरेको स्पष्ट पारेको छ। मर्जर सम्बन्धी आवश्यक प्राविधिक प्रक्रियाहरू पूरा भएपछि एकीकृत संस्थाको नाममा दोस्रो बजारमा पुनः सेयर कारोबार फुकुवा गरिनेछ।

7 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु