पात्रो

रेडियो

समाचार खोजी

लक्ष्मी सनराइज बैंकको 'स्मार्ट फोनलोन'

ग्राहकहरूले यस अन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्मको पूर्व–अनुमोदित कर्जा सीमा प्राप्त गर्न सक्नेछन्।

साझा अर्थ संवाददाता २४ असार २०८३, बुधवार

काठमाडौँ, २४ असार: लक्ष्मी सनराइज बैंकले आफ्ना ग्राहकहरूको आकस्मिक वित्तीय आवश्यकतालाई तत्कालै सम्बोधन गर्ने उद्देश्यले पूर्ण डिजिटल प्रकृतिको लघु कर्जा सेवा 'स्मार्ट फोनलोन' सञ्चालनमा ल्याएको छ। यस नवीन सेवाअन्तर्गत बैंकमा बचत खाता भई नियमित कारोबार गरिरहेका योग्य ग्राहकहरूले कुनै पनि भौतिक कागजी प्रक्रिया, धितो वा बैंक शाखामा उपस्थित नभई लक्ष्मी सनराइज मोबाइल मनी एपमार्फत तुरुन्तै ऋण प्राप्त गर्न सक्नेछन्। डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने यो सुविधा चौबीसै घण्टा उपलब्ध हुने भएकाले ग्राहकले आवश्यक परेका बेला जुनसुकै स्थानबाट सहजै कर्जा लिन सक्छन्।

यस प्रणालीमा कर्जाको अनुमति र सीमा निर्धारण ग्राहकको आम्दानी तथा खातामा हुने वित्तीय कारोबारको इतिहासलाई आधार मानेर स्वचालित सफ्टवेयरद्वारा तय गरिन्छ। ग्राहकहरूले यस अन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्मको पूर्व–अनुमोदित कर्जा सीमा प्राप्त गर्न सक्नेछन्। ग्राहक स्वयं स्मार्टफोन कर्जाका लागि योग्य भए वा नभएको जानकारी मोबाइल एपभित्रै हेर्न मिल्ने व्यवस्था मिलाइएको छ। योग्य ठहरिएका ग्राहकले एपबाटै डिजिटल हस्ताक्षर गरी आवेदन दिएको केही मिनेटभित्रै कर्जा रकम सिधै बैंक खातामा जम्मा हुन्छ।

यस डिजिटल कर्जाका लागि ग्राहकको औसत मासिक तलब, खातामा नियमित रूपमा जम्मा हुने रकमको निरन्तरता, मासिक मौज्दातको उपयोगिता र बैंकसँगको अघिल्लो ऋण भुक्तानीको इतिहासलाई मुख्य मापदण्ड बनाइएको छ। कर्जा स्वीकृत भइसकेपछि तोकिएको भुक्तानी अवधिभित्र ग्राहकको खाताबाट स्वचालित रूपमा वा एपमार्फत सहजै सावाँ तथा ब्याज भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। बिनाकुनै झन्झट, सुरक्षित प्रविधिमार्फत तत्कालै वित्तीय गर्जो टार्न सकिने यो सेवा मध्यम तथा न्यून आय भएका कर्मचारी एवं व्यावसायिक ग्राहकका लागि निकै प्रभावकारी हुने बैंकको विश्वास छ।

17 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्