पात्रो

रेडियो

समाचार खोजी

मौद्रिक नीतिपछि पनि सम्हालिन सकेन नेप्से

साझा अर्थ संवाददाता २५ असार २०८३, बिहिवार

काठमाडौँ , २५ असार: नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गरे पनि सेयर बजारमा त्यसको तत्कालै सकारात्मक प्रभाव देखिन सकेको छैन। साताको चौथो कारोबार दिन असार २५ गते बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.६७ अंक (०.७५%) ले ओरालो लाग्दै २६०१.९२ को विन्दुमा बन्द भएको छ। यो गिरावटसँगै बजार अब २६०० को बलियो मनोवैज्ञानिक सपोर्ट जोनमा आइपुगेको छ।

परिसूचक घटे पनि बजारमा टर्नओभर भने अझै मजबुत छ। आज कुल ८७ लाख ५१ हजार ३८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ।

नीति आइसकेपछि लगानीकर्ताहरू यसको व्यावहारिक कार्यान्वयनको पर्खाइमा रहँदा बजारमा केही 'पर्ख र हेर' को स्थिति देखिएको छ। यद्यपि, टर्नओभर साढे ४ अर्ब माथि नै टिकिरहनुले तल्लो विन्दुमा सेयर संकलन गर्ने क्रेताहरू अझै सक्रिय रहेको संकेत गर्दछ।

11 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु