पात्रो

रेडियो

समाचार खोजी

कुमारी बैंक र जर्मन संस्थाबीच हरित बैंकिङ साझेदारी

साझा अर्थ संवाददाता २४ असार २०८३, बुधवार

काठमाडौँ, २४ असार: कुमारी बैंक लिमिटेड र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच नेपालमा हरित र दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि रणनीतिक सम्झौता भएको छ। जर्मनीको सङ्घीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रमअन्तर्गत यो साझेदारी गरिएको हो। सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र जर्मन संस्थाकी एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गर्नुभएको छ।

यस साझेदारीमार्फत जर्मन संस्थाले कुमारी बैंकलाई ईएसजी रिस्क राडर र सस्टेनेबल फाइनान्स कम्पास जस्ता विशेष प्राविधिक पद्धतिहरू उपलब्ध गराउनेछ। साथै ग्रामीण क्षेत्र तथा साना एवं मझौला उद्योगहरूको हरित उद्यम क्षमता बढाउन विशेष व्यावसायिक खेल विधि (DISK Business game) समेत सञ्चालन गरिनेछ।

नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मार्गदर्शन र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा बैंकले आफ्ना परिपाटीलाई परिमार्जन गर्दै हरित वित्त, न्यून कार्बन उत्सर्जन र उत्थानशील उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। हाल देशैभर २८६ शाखाको बलियो सञ्जाल रहेको कुमारी बैंकको यो पहलले नेपालको जलवायु उत्थानशील भविष्यका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

15 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्