पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्री बालेन्द्र साहको आर्थिक सुधारका लागि व्यवसायीलाई 'ड्राइभिङ सिट'मा राख्ने प्रतिबद्धता

साहले निजी क्षेत्रको पूर्ण साथ र सहकार्यबिना आर्थिक सुधार सम्भव नभएको स्पष्ट पार्नुभयो।

साझा अर्थ संवाददाता २४ असार २०८३, बुधवार
समाचार सारांश
  • प्रधानमन्त्री शाहले मुलुकको खस्कँदो अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रलाई नै 'ड्राइभिङ सिट'मा राख्ने प्रतिबद्धता जनाउनुभयो।
  • निजी क्षेत्रले व्यावसायिक संकट, बजारको शिथिलता र व्यवसायीमाथिको अनुसन्धानले बढेको त्रासको ध्यानाकर्षण गराए।
  • जवाफमा प्रधानमन्त्रीले सरकार निजी क्षेत्रप्रति सकारात्मक रहेको आश्वासन दिँदै समस्या समाधानका लागि ठोस सुझाव माग गर्नुभयो।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, २४ असार: प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको खस्कँदो अर्थतन्त्रलाई गति दिन निजी क्षेत्रलाई नै ‘ड्राइभिङ सिट’मा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ। प्रधानमन्त्री निवासमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका शीर्ष नेतृत्वसँग भएको डेढ घण्टा लामो विशेष भेटवार्ताका क्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो। प्रधानमन्त्री शाहले निजी क्षेत्रको पूर्ण साथ र सहकार्यबिना आर्थिक सुधार सम्भव नभएको स्पष्ट पार्नुभयो।

भेटका क्रममा तीनवटै छाता संगठनका अध्यक्षसहित दुई-दुई जना पदाधिकारीहरूले वर्तमान व्यावसायिक संकट, खस्कँदो आत्मविश्वास र बजारको शिथिलताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालका अनुसार व्यवसायीहरूले बैंकमा तरलता थुप्रिए पनि कर्जा प्रवाह हुन नसकेको, उद्योगहरू आधाभन्दा कम क्षमतामा चलेको, सेयर बजार लगातार ओरालो लागेको र लगानीको वातावरण नबनेको जस्ता गम्भीर समस्याहरू प्रधानमन्त्रीसमक्ष राखेका थिए।

यस्तै, केही उद्योगी व्यवसायीहरूमाथि पछिल्लो समय भएका पक्राउ र अनुसन्धानका घटनाले समग्र निजी क्षेत्र त्रासमा रहेको र लगानीकर्ताको मनोबल खस्किएको विषय पनि महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उठाउनुभएको थियो।

जवाफमा प्रधानमन्त्री शाहले कसूरको आरोपका आधारमा केही व्यक्तिमाथि अनुसन्धान हुनु नियमित प्रक्रिया भए पनि सरकार समग्र निजी क्षेत्रप्रति अत्यन्तै सकारात्मक रहेको र डराउनुपर्ने अवस्था नरहेको आश्वस्त पार्नुभयो। उहाँले व्यवसायीहरूलाई थप लगानीका लागि प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताउँदै विद्यमान समस्या समाधानका लागि ठोस सुझाव माग गर्नुभएको छ। प्रधानमन्त्रीको यो आश्वासन र निजी क्षेत्रलाई अर्थतन्त्रको नेतृत्वदायी भूमिका दिने प्रतिबद्धताले शिथिल बनेको व्यावसायिक क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास गरिएको छ।

8 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्