काठमाडौँ, २४ असार: नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ रहेको थियो।
महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य पनि तोलामा ९ सय रुपैयाँले ओरालो लाग्दै प्रतितोला २ लाख ८६ हजार ४ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै आज चाँदीको मूल्यमा पनि कमि आएको छ। चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।