पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्यमा भारी गिराटव, चाँदी पनि सस्तियो

साझा अर्थ संवाददाता २५ असार २०८३, बिहिवार

काठमाडौँ, २५ असार: स्थानीय बजारमा सुनको मूल्यमा आज ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार ४०० रुपैयाँले नै ओरालो लागेको छ। योसँगै आज तेजाबी सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिन प्रतितोला २ लाख ८६ हजार ४०० रुपैयाँमा खरिद-बिक्री भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३४० रुपैयाँ निर्धारण गरिएको छ। हिजो बुधबार चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य कमजोर भएसँगै आन्तरिक बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूले बताएका छन्।

25 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु