पात्रो

रेडियो

समाचार खोजी

युनाइटेड अजोड इन्स्योरेन्सको अवितरित संस्थापक हकप्रद शेयर लिलामी बिक्री खुला

स लिलामी प्रक्रियामा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य इच्छुक व्यक्ति, फर्म तथा संगठित संस्थाहरूले समेत बोलपत्र पेस गर्न सक्नेछन्।

साझा अर्थ संवाददाता २४ असार २०८३, बुधवार

काठमाडौँ, २४ असार: युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक समूहको ६३ हजार ८४७ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले अगाडि बढाएको हकप्रद शेयर निष्कासनका क्रममा बिक्री हुन नसकी बाँकी रहेको यो शेयर भोलि अर्थात् असार २५ गतेदेखि लिलामी बढाबढ प्रक्रियाबाट बिक्री गर्न लागिएको हो। यस लिलामी प्रक्रियामा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य इच्छुक व्यक्ति, फर्म तथा संगठित संस्थाहरूले समेत बोलपत्र पेस गर्न सक्नेछन्।

कम्पनीका अनुसार यो शेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरूले बोलपत्र पेस गर्दा न्यूनतम तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अङ्कित गरी आवेदन दिनुपर्नेछ। इच्छुक बोलपत्रदाताहरूले आगामी साउन १ गते बैंकिङ समयभित्र आफ्नो शिलबन्दी बोलपत्र आवेदन बुझाइसक्नुपर्ने म्याद निर्धारण गरिएको छ। शेयर बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँ रहेको छ।

आवेदन फाराम बिक्री प्रबन्धकको कार्यालय लक्ष्मी सनराइज क्यापिटलबाट प्राप्त गर्न र सोही स्थानमा बुझाउन सकिनेछ। बोलपत्रदाताहरूले आवेदन दिँदा खरिद गर्न चाहेको कुल शेयर मूल्य बराबरको रकम लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको बिक्री प्रबन्धकको बैंक खातामा जम्मा गरी सोको सक्कल भौचर वा कनेक्ट आईपीएसमार्फत रकम जम्मा गरेको प्रमाण संलग्न गर्नुपर्नेछ। नेपाल बीमा प्राधिकरणको एकीकृत निर्देशनको व्यवस्था बमोजिम बोलकबोल प्रक्रियामा विद्यमान संस्थाहरूलाई प्राथमिकता दिइने र तोकिएको समयभित्र प्राप्त भएका शिलबन्दी बोलपत्रहरू खुला गरिने मिति र स्थानको जानकारी पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

16 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु