पात्रो

रेडियो

समाचार खोजी

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक

संस्थाको चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँमा स्थिर रहँदा जगेडा कोष भने ३४ करोड ५८ लाख १३ हजार ४५७ रुपैयाँबाट वृद्धि भई ४१ करोड २६ लाख ९७ हजार ९ रुपैयाँ कायम भएको छ।

साझा अर्थ संवाददाता २१ असार २०८३, आइतवार

काठमाडौँ, २१ असार: नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण काठमाडौँमा सार्वजनिक गरेको छ। संस्थाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको विवरण अनुसार असार मसान्तसम्म संस्थाको कुल सम्पत्ति बढेर ६ अर्ब ३८ करोड ३ लाख ४७ हजार ४६४ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाको कुल सम्पत्ति ६ अर्ब ३४ लाख ८६ हजार १४ रुपैयाँ रहेको विवरणले देखाउँछ।

वित्तीय संस्थाको व्यावसायिक कारोबारतर्फ ग्राहकहरूबाट संकलन हुने निक्षेप परिचालन र कर्जा प्रवाह दुवैमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। विवरण अनुसार समीक्षा अवधिमा संस्थाले ग्राहकहरूबाट १ अर्ब ९१ करोड ८६ लाख ८६ हजार ७६३ रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ९४ करोड ७८ लाख ३७ हजार ७७१ रुपैयाँ कर्जा तथा सापट लगानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाको निक्षेप १ अर्ब ७५ करोड ६२ लाख १५ हजार १३२ रुपैयाँ र कर्जा लगानी ५ अर्ब ७० करोड २९ लाख ६४ हजार १३० रुपैयाँ रहेको थियो। संस्थाको कुल दायित्व ५ अर्ब ५६ करोड ५४ लाख १ हजार ८८४ रुपैयाँ र कुल इक्विटी ८१ लाख ४९ लाख ४५ हजार ५८० रुपैयाँ कायम भएको वित्तीय प्रतिवेदनले स्पष्ट पारेको छ।

 

54 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु