काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेललाई दोलखा भीमेश्वरका महाप्रसाद प्रदान गरिएको छ । आइतवार भीमेश्वर गुठी तथा ब्यवस्थापन समितिका पदाधिकारी तथा पुजारी सहितको टोलीले राष्ट्रपति भवन पुगेर महाप्रसाद प्रदान गरेको हो ।
शनिवार दुई पटक दोलखा भीमेश्वरको शिलामा पसिना आएको थियो । सो पसिना पुछेको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुख समक्ष महाप्रसादको रुपमा प्रदान गरिने परमपरा रहेको भीमेश्वर नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष स्टालिन श्रेष्ठले बताउनु भयो । महाप्रसाद राष्ट्रप्रमुखलाई बुझाए पछि जुराएर विधिवत क्षमापूजा गर्ने गरिन्छ । शनिवार दिउँसो १ः४७ बजेबाट भीमेश्वर शिलाको बाँयाँ भागबाट करिब ३ः५० बजेसम्म पसिना आएको थियो । भने दोस्रोपटक ४ बजेर ५ मिनेट देखि करिब ४ बजेर १५ मिनेटसम्म शिलाको शीरोभागबाट पसिना आएको थियो ।
साझा अर्थ संवाददाता