पात्रो

रेडियो

समाचार खोजी

समयमै डिम्याट नवीकरण र विवरण अद्यावधिक नगरे सेयर कारोबार रोकिने

साझा अर्थ संवाददाता ३१ असार २०८३, बुधवार

काठमाडौँ, ३१ असार: आर्थिक वर्षको अन्त्य नजिकिएसँगै हिमालयन क्यापिटल लिमिटेडले आफ्ना समस्त ग्राहकहरूलाई डिम्याट खाता र मेरोसेयर सेवा समयमै नवीकरण गर्न आग्रह गरेको छ। धितोपत्र विनियमावली अनुसार हरेक वर्षको अन्त्यमा खाता नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले क्यापिटलले असार मसान्तभित्र तोकिएको शुल्क भुक्तान नगरेमा खाता स्वतः रोक्का (Freeze) हुने स्पष्ट पारेको हो। साविकको सिभिल क्यापिटल र सिभिल बैंक तथा हालको हिमालयन बैंक र हिमालयन क्यापिटलका शाखाहरू मार्फत खाता खोलेका ग्राहकहरूले डिम्याटको १०० रुपैयाँ र मेरोसेयरको ५० रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्नेछ।

लगानीकर्ताहरूले विभिन्न अनलाइन डिजिटल माध्यम, मोबाइल बैंकिङ वा सिधै बैंक शाखामा पुगेर यो शुल्क सहजै भुक्तानी गर्न सक्नेछन्। हिमालयन बैंकमा खाता भई 'बैंक डेबिट अथोरिटी' फाराम बुझाएका ग्राहकहरूको हकमा भने खाताबाटै शुल्क स्वतः काटिने व्यवस्था मिलाइएको छ। नवीकरण शुल्कसँगै लामो समयदेखि विवरण परिवर्तन भएका ग्राहकहरूलाई आफ्नो ग्राहक पहिचान (केवाईसी) विवरण समेत अनिवार्य रूपमा अद्यावधिक गर्न क्यापिटलले अनुरोध गरेको छ। समयमै केवाईसी दुरुस्त नराखेमा र शुल्क नबुझाएमा आगामी दिनमा प्राथमिक सेयर (आईपीओ) आवेदन दिन र दोस्रो बजारमा सेयर कारोबार गर्न प्राविधिक अवरोध सिर्जना हुने भएकाले ग्राहकहरूलाई सचेत गराइएको छ।

119 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु