पात्रो

रेडियो

समाचार खोजी

शुल्क नतिरेका लगानीकर्ताले साउन १५ सम्म मेरोसेयर चलाउन पाउने

साझा अर्थ संवाददाता ४ साउन २०८३, सोमवार
समाचार सारांश
  • सीडीएससीले डिम्याट खाताको वार्षिक शुल्क नतिरेका लगानीकर्तालाई साउन १५ गतेसम्म मेरोसेयर प्रयोग गर्न दिने भएको छ।
  • साउन १६ गतेदेखि शुल्क नतिरेका बीओ खाता फ्रिज गरिने र सेवामा अवरोध आउन सक्ने भएकाले समयमै शुल्क भुक्तानी गर्न आग्रह गरिएको छ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं, ४ साउन २०८३ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले डिम्याट खाताको वार्षिक शुल्क नतिरेका लगानीकर्तालाई साउन १५ गतेसम्म मेरोसेयर सेवा प्रयोग गर्न दिने भएको छ।

सीडीएससीका अनुसार हितग्राही खाता अर्थात् बीओ खाता सञ्चालनबापतको वार्षिक शुल्क असार मसान्तभित्र बुझाउनुपर्ने व्यवस्था छ। तर समयमै शुल्क तिर्न नसकेका खातावालालाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै सेवा सञ्चालनको समय थप गरिएको हो।

यससँगै वार्षिक शुल्क बाँकी रहेका लगानीकर्ताले पनि साउन १५ गतेसम्म मेरोसेयरमा पहुँच पाउनेछन्।

साउन १६ गतेदेखि भने वार्षिक शुल्क नतिरेका बीओ खाता फ्रिज गरिने सीडीएससीले जनाएको छ। खाता फ्रिज भएमा डिम्याट तथा सेयर कारोबारसँग सम्बन्धित सेवामा अवरोध आउन सक्छ।

सीडीएससीले सेवा प्रभावित हुन नदिन सम्बन्धित डिपोजिटरी पार्टिसिपेन्टमार्फत बाँकी वार्षिक शुल्क समयमै भुक्तानी गर्न खातावालालाई आग्रह गरेको छ।


116 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु