पात्रो

रेडियो

समाचार खोजी

सुनको भाउमा फेरि थपियो चमक

साझा अर्थ संवाददाता ५ साउन २०८३, मङ्गलवार

काठमाडौँ, ५ साउन: नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा मूल्य बढेको हो।

नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यो मूल्य २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो। त्यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ८४ हजार ९ सय रुपैयाँ कायम भएको छ; हिजो यसको मूल्य २ लाख ८३ हजार ९ सय रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन ४ हजार ३ सय २० रुपैयाँ थियो।

8 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु