पात्रो

रेडियो

समाचार खोजी

लुम्बिनी विकास बैंकको सीईओको जिम्मेवारी सम्हाले सुमन आचार्यले

साझा अर्थ संवाददाता ४ साउन २०८३, सोमवार
समाचार सारांश
  • लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्यले पदभार ग्रहण गरे।
  • उनले बैंकको समग्र विकास, ग्राहक सेवा तथा सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं, ४ साउन २०८३ । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

बैंक सञ्चालक समितिबाट चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त आचार्यले साउन १ गतेदेखि जिम्मेवारी सम्हालेका हुन्।

बैंकका अनुसार आचार्यसँग बैंकिङ, व्यवसाय सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव छ। उनले यसअघि विभिन्न वाणिज्य बैंकमा वरिष्ठ कार्यकारी तहमा रहेर काम गरिसकेका छन्।

पदभार ग्रहण गर्दै आचार्यले बैंकका दीर्घकालीन लक्ष्य हासिल गर्ने, ग्राहक सेवा थप प्रभावकारी बनाउने र कर्मचारीको मनोबल उच्च राख्ने विषयलाई प्राथमिकता दिने बताएका छन्।

उनले सेयरधनी, ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाको विश्वास थप मजबुत बनाउँदै बैंकलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

आचार्यको नेतृत्वमा बैंकको रणनीतिक विकास, सुशासन र दिगो बैंकिङ अभ्यास थप सुदृढ हुने विश्वास बैंकले जनाएको छ।

लुम्बिनी विकास बैंकले हाल सातै प्रदेशमा ८९ शाखा र एक विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

88 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु