काठमाडौंः नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन हुनु भएको छ । बुधवार सम्पन्न संसदीय दलको बैठकले उहाँलाई दलको नेतामा निर्विरोध नेता चयन गरेको हो ।
सुहाङ नेम्बाङले समेत संसदीय दलको नेतामा दावी गरेतापनि अन्तिम समयमा आएर उहाँले थापालाई समर्थन गर्नु भएको थियो । थापा संसदीय दलको नेता चयन भएसंगै पूर्व नेकपा माओवादीका दुई हस्ती दुई पार्टीको संसदीय दलका नेताहरु हुनु भएको छ । एमाले बाट थापा र नेपाली कम्युनिष्ट पार्टीबाट पुस्पकमल दहालले संसदमा दुई पार्टीको नेताका रुपमा कार्य गरेको रोचक दृष्य संसदमा देखिने भएको छ ।