पात्रो

रेडियो

समाचार खोजी

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

साझा अर्थ संवाददाता १२ साउन २०८३, मङ्गलवार

काठमाडौँ, १२ साउनः संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ)को सुनुवाइ गर्ने कार्यसूची छ ।  

    संवैधानिक परिषद्को गत असार १९ को बैठकले संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिश गरेको थियो । यस्तै, निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिश गरेको थियो । 

    संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । समितिले यसअघि प्रमुख आयुक्त र आयुक्तविरुद्ध उजुरी आह्वान गरेको थियो । 

82 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु