पात्रो

रेडियो

समाचार खोजी

वाणिज्य बैंकद्वारा सहायक स्तरको कर्मचारी भर्नाका लागि पूर्वयोग्यता परीक्षा अनिवार्य

साझा अर्थ संवाददाता १२ साउन २०८३, मङ्गलवार

काठमाडौँ, १२ साउन: राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (RBBL) ले सहायक स्तरका विभिन्न पदहरूमा हुने कर्मचारी भर्ना प्रक्रियामा नयाँ तथा महत्त्वपूर्ण व्यवस्था लागू गरेको छ। बैंकले सहायक श्रेणीका पदहरूमा आवेदन दिने उम्मेदवारहरूका लागि अब पूर्वयोग्यता परीक्षा (Pre-Qualification Examination) उत्तीर्ण गर्नुपर्ने अनिवार्य नियम अगाडि ल्याएको छ।

बैंकद्वारा जारी सूचना अनुसार, लोक सेवा आयोगको पाठ्यक्रम तथा निर्धारित मापदण्ड अनुरूप सञ्चालन हुने यस पूर्वयोग्यता परीक्षामा उत्तीर्ण भएका वा योग्यताक्रममा सफल भएका उम्मेदवारहरू मात्र मुख्य लिखित परीक्षामा सहभागी हुन पाउनेछन्। बैंकले दक्ष, योग्य र प्रतिस्पर्धी जनशक्ति भित्र्याउने उद्देश्यले यो छनोट प्रक्रियालाई थप कसिलो र व्यवस्थित बनाएको हो। यस व्यवस्थाले परीक्षाको गुणस्तर सुधार्नुका साथै योग्य उम्मेदवारहरूको निष्पक्ष छनोटमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।

राष्ट्रिय वाणिज्य बैंकको यस नयाँ निर्देशिकाले आगामी दिनमा बैंकमा जागिरको खोजीमा रहेका हजारौँ युवाहरूका लागि पूर्वतयारीलाई अझै ध्यान दिनुपर्ने संदेश दिएको छ। पूर्वयोग्यता परीक्षा सम्बन्धी थप विस्तृत विवरण, आवेदन मिति र परीक्षा तालिका बैंकको आधिकारिक वेबसाइट तथा सूचना पाटीमार्फत सार्वजनिक गरिनेछ।

48 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु