पात्रो

रेडियो

समाचार खोजी

सडक सुरक्षा र शहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण

साझा अर्थ संवाददाता १२ साउन २०८३, मङ्गलवार

काठमाडाै १२ साउनः नेपाल विद्युत प्राधिकरणले सडक सुरक्षा र शहरी सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्दै मुख्य शहरी सडकको बीच भागमा रहेका विद्युत पोल स्थानान्तरण गर्ने योजना अघि बढाएको छ। आर्थिक वर्ष २०८३/८४ को सरकारी कार्यक्रमअन्तर्गत सञ्चालन हुने ‘स्थानीय निकायका मुख्य शहरको सडक बीचको पोल सिफ्टिङ तथा सडक सुरक्षा आयोजना’ कार्यान्वयनका लागि स्थानीय तहसँग समन्वय सुरु गरिएको हो।

यस कार्यक्रमअनुसार स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र सडक विस्तारमा अवरोध पुर्‍याइरहेका, यातायात सञ्चालनमा समस्या सिर्जना गरिरहेका तथा दुर्घटनाको जोखिम बढाइरहेका विद्युत पोलको पहिचान गरी सम्बन्धित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रसँग समन्वय गर्नुपर्नेछ। प्रस्तावमा पोलको संख्या, आवश्यक सामग्री, अनुमानित लागत र कामको प्राथमिकता समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्राधिकरणले सडक विभाग तथा अन्य निकायसँग दोहोरो योजना नपर्ने गरी संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ। वितरण केन्द्रमार्फत तयार हुने योजना प्रादेशिक वा डिभिजन कार्यालयबाट कार्यान्वयन गरिनेछ। पोल स्थानान्तरणपछि सडक विस्तार, फुटपाथ निर्माण र सार्वजनिक यातायात सञ्चालन थप सुरक्षित तथा व्यवस्थित हुने विश्वास गरिएको छ।

यससँगै भूमिगत विद्युत प्रणाली सञ्चालनमा आइसकेका क्षेत्रमा प्रयोगविहीन पुराना पोल, तार र केबल हटाउने अभियान पनि सञ्चालन गरिनेछ। यसले शहरको सौन्दर्य बढाउनुका साथै सडक र पैदलमार्ग व्यवस्थापनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्राधिकरणका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय गरेर कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको छ। वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले पनि स्थानीय तहसँग तत्काल समन्वय गरी प्राथमिकताका आधारमा योजना तयार गर्न निर्देशन दिएका छन्। उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै विद्युत आपूर्तिमा न्यूनतम अवरोध हुने गरी योजना कार्यान्वयन गरिने प्राधिकरणले जनाएको छ।

9 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु