काठमाडौँ, १२ साउन: नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको छ। यससँगै आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ कायम गरिएको छ।
यसअघि अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ रहेको थियो। गत मंगलबार भने सुनको भाउ प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। बजारमा देखिएको यो घट्दो क्रमले बहुमूल्य धातुको कारोबारमा नयाँ उतारचढाव ल्याएको छ।
सुनसँगै आज चाँदीको मूल्य पनि उल्लेखनीय रूपमा ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १३५ रुपैयाँले घटेको छ। यसअघि प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी आज घटेर ४ हजार ३१० रुपैयाँमा झरेको छ। यसअघि गत बिहीबार चाँदीको भाउ प्रतितोला ४ हजार ३७० रुपैयाँ कायम रहेको थियो।