पात्रो

रेडियो

समाचार खोजी

राजश्व को लक्ष्य भेट्न मिसन मोडमा काम गर्न निर्देशन

साझा अर्थ संवाददाता १२ साउन २०८३, मङ्गलवार

काठमाडौं, १२ साउनः अर्थमन्त्री स्वर्णम वाग्लेले  चालु आर्थिक वर्षका लागि १६ खर्ब रुपैयाँको महत्वाकांक्षी राजस्व लक्ष्य प्राप्त गर्न राजस्व प्रशासनलाई ’मिसन मोड’ मा काम गर्न निर्देशन दिनु भएको छ । शविनवार अर्थमन्त्रालयमा आयोजिक राजश्व समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो निर्देशन दिनु भएको हो ।
स्पष्ट लक्ष्य, मापदण्ड र समयसीमा तोकेर अघि बढ्न कर्मचारीहरूलाई आह्वान गर्नुभएको थियो । अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रम र बजेटमा समेत ’मिसन मोड’ को अवधारणा आएको उल्लेख गर्दै राजस्व प्रशासनलाई यसको सफल उदाहरणका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र उपभोगको ट्रेन्ड हेर्दा राजस्व संकलनको लय बिग्रिएको भन्दै राजस्व चुहावट नियन्त्रण र दायरा विस्तारमा लाग्नुपर्ने बताउनुभयो । 
सरकारले यसअघि पनि विभिन्न आर्थिक सुधारका कार्यक्रमहरू ’मिसन’ का रूपमा अघि सारे पनि कार्यान्वयन पक्ष कमजोर हुँदा लक्ष्य प्राप्तिमा असफल भएको इतिहास छ । १६ खर्बको लक्ष्य भेट्टाउन भन्सार छली, कर छली र अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्नुका साथै नयाँ कर स्रोतको पहिचान आवश्यक रहेको विज्ञहरू बताउँछन् । साथै, आर्थिक गतिविधि सुस्ताउँदै गएको बेला मात्रै राजस्व वृद्धिको जोड दिँदा करदाताहरूमा थप दबाब पर्न सक्ने सम्भावनालाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ ।

59 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्