पात्रो

रेडियो

समाचार खोजी

२४ घण्टामा सर्पदंशका १४ घटना, पहिरोमा तीन जनाको मृत्यु

२४ घण्टामा विपद्का ४१ घटना, १९ जना घाइते; ६ स्थानमा सडक अवरुद्ध

साझा अर्थ संवाददाता १० साउन २०८३, आइतवार
समाचार सारांश
  • पछिल्लो २४ घण्टामा भएका ४१ विपद् घटनामा ३ जनाको मृत्यु (सबै पहिरोबाट) र १९ जना घाइते भएका छन्।
  • यस अवधिमा सर्पदंशका १४ घटना सर्वाधिक भए; ६ स्थानमा सडक अवरुद्ध र २३ लाखभन्दा बढीको आर्थिक क्षति भएको छ।
  • २०८३ वैशाखदेखि हालसम्म देशभर ३,७७९ विपद् घटनामा १८७ जनाको मृत्यु र १,०९२ जना घाइते भइसकेका छन्।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं, १० साउन — देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका विपद्का ४१ घटनामा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार तीनै जनाको मृत्यु पहिरोका घटनामा भएको हो। साउन ९ गते बिहान १० बजेदेखि साउन १० गते बिहान १० बजेसम्म पहिरोका १२ घटना भएका छन्। ती घटनामा दुई जना घाइते भएका छन् भने तीन जनाको उद्धार गरिएको छ।

सो अवधिमा सबैभन्दा धेरै सर्पदंशका १४ घटना भएका छन्। सर्पदंशबाट १४ जना घाइते भएका छन्। यस्तै, आगलागीका ६ घटनामा एक जना र जनावर आक्रमणका दुई घटनामा दुई जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार अविरल वर्षाका पाँच र बाढीका दुई घटना भएका छन्। यी घटनामा मानवीय क्षति भएको विवरण बुलेटिनमा उल्लेख छैन।

विभिन्न विपद्का कारण ६ स्थानमा सडक अवरुद्ध भएको छ। सात चौपायाको क्षति भएको छ भने अनुमानित आर्थिक क्षति २३ लाख २३ हजार रुपैयाँ पुगेको छ। उद्धार तथा विपद् व्यवस्थापनका लागि १७५ प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणको तथ्याङ्कअनुसार २०८३ वैशाख १ देखि साउन १० गतेसम्म देशभर तीन हजार ७७९ विपद्का घटना भएका छन्। ती घटनामा १८७ जनाको मृत्यु, तीन जना बेपत्ता र एक हजार ९२ जना घाइते भएका छन्। विपद्बाट चार हजार ८७६ परिवार प्रभावित भएका छन्।

54 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु