पात्रो

रेडियो

समाचार खोजी

युरोपियन युनियन लगायत, दश देशद्वारा लेबनानमा युनिफिलको सुरक्षाका लागि आह्वान

साझा अर्थ संवाददाता १८ चैत २०८२, बुधवार

काठमाडौंः युरोपेली युनियन  इयु लगायत अन्य दश वटा देशहरूले   संयुक्त विज्ञप्ति जारी गर्दै लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बल ९युनिफिल० को सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन् । यस अघि भएको आक्रमणमा युनिफिलका तीन  जना शान्तिरक्षकहरूको  मृत्यु भएको थियो ।

बेल्जियम, साइप्रस, क्रोएसिया, फ्रान्स, ग्रिस, इटाली, माल्टा, नेदरल्यान्ड्स, पोर्चुगलका   विदेश मन्त्रीहरू र युरोपेली युनियनका उच्च प्रतिनिधिले हरेक परिस्थितिमा युनिफिलका कर्मचारी र सुविधाहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । 

 विज्ञप्तिमा उनीहरुले सम्बन्धित पक्षहरूलाई सबै परिस्थितिमा युनिफिलका कर्मचारी र परिसरको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । 

 उनीहरूले युनिफिल मिसनका लागि आफ्नो अटुट समर्थनको पुष्टि गर्दै अस्वभाविक आक्रमणको निन्दासमेत गरेका छन् । 

मन्त्रीहरूले इजरायललाई द्वन्द्वको थप वृद्धि हुनबाट जोगिन पनि आह्वान गरेका छन् भने  लेबनानको क्षेत्रमा स्थलगत कारबाहीको अन्य हुनु पर्ने जनाएको छन् । 

लेबनानमा शान्ति सैनिकको हत्या भए पछि संयुक्त राष्ट्रसङघीय सुरक्षा परिषद्ले मङ्गलबार आपतकालीन बैठक आयोजना गरेको थियो । 

36 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु