पात्रो

रेडियो

समाचार खोजी

नेतन्याहु भन्छन्‌: भारत इजरालको बलियो साझेदार हो

साझा अर्थ संवाददाता २२ असार २०८३, सोमवार

काठमाडाै‌ः  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भारतलाई आफ्नो देशको महत्वपूर्ण र बलियो अन्तर्राष्ट्रिय साझेदारका रूपमा उल्लेख गरेका छन्। उनले अमेरिका इजरायलको निकट र शक्तिशाली सहयोगी भए पनि विश्वमा इजरायलका अन्य धेरै मित्रराष्ट्र रहेको बताएका हुन्।

अमेरिकी सञ्चारमाध्यम फक्स न्युजसँगको अन्तर्वार्तामा नेतन्याहूले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै इजरायल केवल अमेरिकामै निर्भर नरहेको स्पष्ट पारे। यसअघि भान्सले अमेरिका इजरायलको सबैभन्दा नजिकको सहयोगी भएको बताएका थिए र इजरायली नेतृत्वले इरानसँगको शान्ति सम्झौताप्रति आलोचनात्मक नभई समर्थन जनाउनुपर्ने धारणा राखेका थिए।

यस सन्दर्भमा नेतन्याहूले भारतको उदाहरण दिँदै करिब १.४ अर्ब जनसंख्या भएको मुलुकबाट इजरायलले उल्लेखनीय समर्थन पाइरहेको बताए। उनले सामाजिक सञ्जालमार्फत भारतीय नागरिकबाट निरन्तर सकारात्मक सन्देश प्राप्त हुने गरेको पनि उल्लेख गरे।

नेतन्याहूले उपराष्ट्रपति जेडी भान्ससँग आफ्नो राम्रो सम्बन्ध रहेको स्वीकार गरे पनि त्यसले सबै विषयमा समान धारणा रहेको अर्थ नलाग्ने स्पष्ट पारे। साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै मतभेद नरहेको पनि उनले बताए।

उनका अनुसार विभिन्न देशका नेताहरूले सार्वजनिक रूपमा व्यक्त गर्न नसके पनि निजी रूपमा इजरायलप्रति समर्थन जनाउने गरेका छन्। ती देशहरू रक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर प्रविधि लगायतका क्षेत्रमा इजरायलसँग सहकार्य गर्न इच्छुक रहेको नेतन्याहूको भनाइ छ।   

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुबाट

120 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु