पात्रो

रेडियो

समाचार खोजी

एकै दिन सूर्यग्रहण र उल्कावर्षाः अगस्ट १२ मा दुर्लभ खगोलीय दृश्य देखिने

साझा अर्थ संवाददाता २७ असार २०८३, शनिवार

काठमाडौः आगामी अगस्ट १२ मा विश्वका केही भागका मानिसहरूले एकै दिन दुई वटा आकर्षक खगोलीय घटना अवलोकन गर्ने अवसर पाउने भएका छन् । सो दिन पूर्ण सूर्यग्रहण देखिनेछ भने राति प्रसिद्ध पर्सिड  उल्कावर्षा ले आकाश झिलिमिली बनाउनेछ । वैज्ञानिकहरूले यस्तो संयोग अत्यन्त दुर्लभ हुने बताएका छन् ।
सूर्यग्रहणका बेला चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउने भएकाले केही समयका लागि सूर्य पूर्ण रूपमा ढाकिनेछ । यसका कारण ग्रहण पर्ने क्षेत्रमा दिनमै साँझ परेजस्तो अन्धकार छाउनेछ । पूर्ण सूर्यग्रहण मुख्य रूपमा ग्रीनल्यान्ड, आइसल्यान्ड, उत्तरी स्पेन र अटलान्टिक महासागर आसपासका क्षेत्रबाट देख्न सकिनेछ । बेलायत, आयरल्यान्ड, युरोपका केही भाग, उत्तरी अफ्रिका तथा उत्तर अमेरिकाका केही स्थानमा भने आंशिक सूर्यग्रहण देखिनेछ ।
नेपाल तथा भारतबाट यो सूर्यग्रहण प्रत्यक्ष रूपमा देख्न सकिने छैन, किनकि त्यस समयमा यहाँ रात परिसकेको हुनेछ । इच्छुकले विभिन्न वैज्ञानिक संस्थाले गर्ने प्रत्यक्ष प्रसारणमार्फत ग्रहण अवलोकन गर्न सक्नेछन् ।
त्यही रात पृथ्वी स्विफ्ट–टटल धूमकेतु ले छाडेको धुलो र साना कणहरूको मार्गबाट गुज्रिनेछ। ती कण पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा जलेर चम्किने भएकाले आकाशमा ’टुट्ने तारा’ जस्तो दृश्य देखिन्छ, जसलाई उल्कावर्षा भनिन्छ ।
यस वर्ष सूर्यग्रहण औँसी का दिन परेकाले राति चन्द्रमाको प्रकाश नहुने हुँदा आकाश निकै अँध्यारो हुनेछ । त्यसैले उल्कावर्षा अझ स्पष्ट रूपमा अवलोकन गर्न सकिने अपेक्षा गरिएको छ। मौसम सफा भएमा अगस्ट १२ को मध्यरातदेखि १३ अगस्टको बिहानसम्म प्रतिघण्टा करिब ६० देखि १०० वटा उल्का देख्न सकिने अनुमान गरिएको छ ।

नवभारत टाइम्सबाट

43 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु