काठमाडौँः नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको छ । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक सचिवालय बैठक बस्नलागेको छ । बैठकमा सहभागी हुन एमाले नेताहरू पार्टी कार्यालय च्यासल पुगेको बताइएको छ ।
बैठकले अध्यक्ष ओलीको पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने पार्टी सचिव महेश बस्नेतले जानकारी दिनु भएको छ । सरकारले प्रतिशोध साधेर अध्यक्ष ओलीलाई पक्राउ गरेको आरोप लगाउँदै एमाले आन्दोलित भइरहेको छ । कार्की आयोगको सिफारिस कार्यन्वयन गर्ने शुक्रवार नै निर्णय गरेपछि एमाले अध्यक्ष ओली तथा तत्कालिन गृह मन्त्री रमेश लेखकलाई सरकारले आज विहान निवास बाटै पक्राउ गरेको हो । ओलीको अहिले स्वास्थ्य जाँच भइहरेको बताइएको छ ।