काठमाडौंः बालेन सरकारमा सम्मीलित नवनियुक्त मन्त्रीहरूले शपथ लिनु भएको छ । उहाँहरुले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिनुभएको हो ।
नवनियुक्त मन्त्रिहरुमाः
स्वर्णिम वाग्लेले अर्थमन्त्री, सुधन गरुङ गृह मन्त्री, शिशिर खनालले परराष्ट्र, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ, खड्कराज पौडेल पर्यटन, सस्मित पोखरेल शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
यस्तै विक्रम तिमिल्सिना सञ्चारमन्त्री, प्रतिभा रावल सामान्य प्रशसान, दीपक साह (महोत्तरी) श्रम, सोविता गौतमले कानुन तथा सीता वादी सीता वादी महिला, बालबालिका मन्त्री बन्नु भएको छ ।