पात्रो

रेडियो

समाचार खोजी

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले बुधवार राष्ट्रपति समक्ष शपथ लिनुहुने

साझा अर्थ संवाददाता ९ चैत २०८२, सोमवार

काठमाडौंः नवनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधवार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिनुहुने भएको छ । उक्त कुराको जानकारी राष्ट्रपति कार्यालयले दिएको हो । 
संघिय संसद सचिवालयका महासचिवलाई  राष्ट्रपति कार्यालयले लेखेको पत्र अनुसार ज्येष्ठ सदस्य केसीले बुधवार ११ः१५ राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनु हुनेछ । 
प्रतिनिधि सभा निर्वाचनको परिणाम राष्ट्रपति समक्ष निर्वाचन आयोगले पेश गरेपछि । ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने संबैधानिक प्रावधान रेहको छ । ज्येष्ठ सदस्यले शपथ लिएपछि ज्येष्ठ सदस्यले अन्य प्रतिनिधि सभा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनु हुने छ ।

61 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ