पात्रो

रेडियो

समाचार खोजी

क्रवात दिट्वाबाट श्रीलंकामा ३३० भन्दा बढीको मृत्यु, आपतकालीन अवस्था घोषणा

साझा अर्थ संवाददाता १५ मंसिर २०८२, सोमवार

काठमाडौँ : श्रीलंकामा चक्रवात दिट्वाले देशमा विनाश मच्चाएपछि विनाशकारी बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ३३० भन्दा बढी पुगेको छ ।

श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका अनुसार २०० भन्दा बढी व्यक्ति बेपत्ता छन् र लगभग २० हजार घरहरू ध्वस्त भएका छन् । एक लाखभन्दा बढी मानिसहरू आश्रय लिन बाध्य भएका छन् । अहिले श्रीलंकाको लगभग एक तिहाइ भाग बिजुली वा पानी आपूर्तिबाट वञ्चित रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

चक्रवात दिट्वाको विनाशकारी प्रभावका कारण देशमा आपतकालीन अवस्था घोषणा गरिएको छ । राष्ट्रपति अनुरा कुमार दिसानायकेले यो देशको इतिहासको सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक प्रकोप भएको र विनाशको हदले पुनर्निर्माणको अनुमान गर्न गाह्रो बनाएको बताएका छन् ।

सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ र विदेशमा बस्ने श्रीलंकालीहरूलाई प्रभावित समुदायहरूलाई सहयोग गर्न आग्रह गरेको छ । चक्रवात दिट्वा शुक्रबार श्रीलंकाको पूर्वी तटमा पुगेको थियो तर त्यसपछि यो अगाडि बढेको छ ।

72 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्