पात्रो

रेडियो

समाचार खोजी

नेपाल राष्ट्र बैंकद्वारा ३० अर्ब निक्षेप संकलनको आह्वान

साझा अर्थ संवाददाता ११ साउन २०८३, सोमवार

काठमाडौँ, ११ साउन: नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै बोलकबोल प्रक्रियामार्फत उक्त परिमाणको निक्षेप संकलन गर्न लागेको हो। १७९ दिनको समयावधि रहने यस निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकका अनुसार संकलन गरिने निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ। यस प्रक्रियामा सहभागी हुनका लागि न्यूनतम निक्षेप रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा कुल निष्काशित रकमसम्मका लागि ५ करोड रुपैयाँको गुणकमा रहनेछ। साथै, इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले कुल स्वीकृत सीमाभित्र रहेर बहुविध बोलकबोलसमेत पेस गर्न सक्नेछन्।

केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस बोलकबोलमा सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले संकलन गरेको उक्त निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८३ साल माघ ८ गते फिर्ता गरिने व्यवस्था मिलाइएको छ।

66 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु