पात्रो

रेडियो

समाचार खोजी

बीमा कम्पनीलाई प्रिमियममा आईपीओ बेच्न रोक

साझा अर्थ संवाददाता ११ साउन २०८३, सोमवार

काठमाडौँ, १३ साउन: सर्वोच्च अदालतले बीमा कम्पनीहरूले सर्वसाधारणलाई प्रिमियम मूल्यमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न नपाउने फैसला गरेको छ। हिमालयन रिइन्स्योरेन्सको शेयर निष्कासनविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले भविष्यमा कानुन विपरीत प्रिमियममा शेयर जारी नगर्न नियामक निकायहरूका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो।

शेयर बाँडफाँट भइसकेकाले हालको निष्कासन भने नरोकिने तर बीमा ऐन, २०७९ को दफा ४५ (५) अनुसार बीमा कम्पनीले अंकित मूल्यमै शेयर जारी गर्नुपर्ने विशेष व्यवस्था रहेको सर्वोच्चले ठहर गरेको छ। साथै, हिमालयन रीले यसअघि संकलन गरिसकेको प्रिमियम रकम कम्पनी ऐन र बीमा ऐन बमोजिम छुट्टै जगेडा कोषमा जम्मा गर्न अदालतले नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरण र सम्बन्धित कम्पनीलाई संयुक्त रूपमा निर्देशनात्मक आदेश दिएको छ।

8 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु