पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा ३३ अंकको गिरावट

साझा अर्थ संवाददाता ११ साउन २०८३, सोमवार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सोमबार साउन ११ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ठुलो अंकको गिरावट देखिएको छ। बजार खुला भएदेखि नै बिक्री चाप हाबी हुँदा नेप्से सूचक ३३.२८ अंक अर्थात् १.२१ प्रतिशतले ओरालो लाग्दै २७०१.३२ को विन्दुमा झरेर बन्द भएको छ। यो गिरावटसँगै बजारले २७२६ को विन्दुबाट तल झर्दै २७०० को मनोवैज्ञानिक टेकोको नजिक पुगेको छ।

परिसूचकमा उच्च गिरावट आए पनि बजारमा कारोबार रकम (टर्नओभर) मा भने उत्साहजनक गति देखिएको छ। आज दिनभर बजारमा कुल १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयरहरू किनबेच हुँदा कुल ६ अर्ब ८० करोड ८६ लाख ३३ हजार ५४६ रुपैयाँ बराबरको भारी कारोबार भएको छ।

बजार सूचक घट्दा पनि कारोबार रकम ६ अर्ब नाग्नुले बजारमा लगानीकर्ताहरूको सक्रियता उच्च रहेको र तल्लो विन्दुमा आक्रामक रूपमा सेयर खरिदबिक्री भइरहेको स्पष्ट संकेत गर्दछ। साताको सुरुवातमै आएको यो करेक्सनले बजारलाई आगामी दिनमा कता डोर्याउँछ, त्यसका लागि लगानीकर्ताहरूले थप केही दिन बजारको गतिशीलता पर्खने देखिएको छ।

8 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु